Section 18
कुटनैतिक सुविधा तथा उन्मुक्ति सम्बन्धी अन्य व्यवस्था

(१) नेपाल सरकारले मनासिव देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सामान्य वा विशेष रूपले लागू हुने गरी यस ऐनमा व्यवस्था भएका सुविधा तथा उन्मुक्तिको अतिरिक्त अरु थप सुविधा तथा उन्मुक्तिहरू प्रदान गर्न सक्नेछ ।

(२) यस ऐन अन्तर्गतको सबै सुविधा तथा उन्मुक्ति नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै विदेशी नागरिक वा अन्तर्राष्ट्रिय संघ वा संस्था वा त्यस्तो संघ वा संस्थाको कर्मचारी वा वाणिज्यदूतहरूलाई प्रदान गर्न सक्नेछ ।

(३) यस ऐन अन्तर्गत नेपाल सरकारले सुविधा तथा उन्मुक्ति प्रदान गर्दा यथासम्भव पारस्परिक आधारमा प्रदान गर्नेछ ।